‘द बुल’बाट बाहिरिएका हुन् सलमान खान ?
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘द बुल’ घोषणा भएयता नै उनका फ्यानहरू हलमा कहिले यो फिल्म आउँला भनेर उत्सुकताका साथ पर्खिरहेका थिए । तर अब सलमान यो फिल्मबाट बाहिरिएको समाचार आएको छ । ‘टाइगर ३’ पछि सलमान नयाँ प्रोजेक्टमा काम गरिरहेका थिए । उनको आगामी फिल्म ‘द बुल’ आउनेवाला थियो ।
तर यो फिल्ममा सलमानलाई देख्नै नपाइने खबरहरू आइरहेका छन् । उनले यो फिल्म छाडेको हल्लका छलेको छ । यसको पछाडि निकै ठुलो कारण भएको बताइएको छ । सलमान फिल्मबाट बाहिरिनुको कारण करण जोहर भएको बताइएको छ । भारतीय मिडियामा आएका समाचारका अनुसार सलमान खानले विष्णुवर्धनको निर्देशन र करण जोहरको लगानीमा बन्न लागेको ‘द बुल’मा खेल्न अस्वीकार गरेका छन् ।
निर्देशक विष्णुवर्धन र करण जोहरले फिल्मको सुटिङको मिति निक्र्यौल गर्न नसकेपछि अभिनेताले फिल्ममा खेल्न अस्वीकार गरेको बताइएको छ । सलमानले यो फिल्मको सुटिङका लागि दिएको डेट साजिद नाडियाडवालाको फिल्मलाई दिएको खबरहरू आइरहेका छन् । यो अफवाहबारेसलमान वा द बूलका मेकरहरूले केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण