रोनाल्डोको लगातार दोस्रो ह्याट्रिक
रियाद । क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो खेलमा ह्याट्रिक गर्दा अल– नासरले अबामाथि शानदार जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा अल–नासर साउदी प्रो लिगमा ८–० गोल अन्तरले विजयी बनेको हो ।
खेलको ११ औँ मिनेटमा रोनाल्डोले अल–नासलाई अग्रता दिलाएका थिए । २१ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा साडियो मानेले तेस्रो गोल गरे । ४२ औँ मिनेटमा रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे ।
३९ वर्षीय खेलाडीको करियरको यो ६५ औँ ह्याट्रिक थियो । पोर्चुगिज खेलाडी यो सिजन साउदी प्रो लिगको गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् । उनले २९ गोल गर्दा अल हिलालका अलेक्सान्डर मित्रोविचले २२ गोल गरेका छन् ।
पहिलो हाफको अन्त्यमा अब्दुल माजिद अल–सुलेहिमले अल–नासरका लागि पाँचौँ गोल थपे । दोस्रो हाफमा पनि टोलीको गोल वर्षा जारी रह्यो । अब्दुलरहमान घारिबले एक तथा अब्दुलाजिज अल–अलिवाले दुई गोल गरे ।
जितका बाबजुद अल–नासर लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । शीर्ष स्थानमा रहेको अल–हिलालभन्दा टोली १२ अङ्कले पछि छ । टोलीले अब लिगमा दामाकको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण