ताइवान भूकम्प : जापान र फिलिपिन्सले सुनामीको चेतावनी हटायो
टोकियो । ताइवानमा गएको शक्तिशाली भूकम्पपछि फिलिपिन्स र जापानमा जारी गरिएको सुनामीको चेतावनी रद्द गरेको छ । त्यस्तै, प्यासिफक सुनामी वार्निङ सेन्टरले अमेरिकामा पनि सुनामीको खतरा टरेको बताएको हो ।
बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएपछि ताइवान र सुदूर दक्षिणपश्चिमी जापानी टापुहरूमा सुनामीका छालहरू देखिएको थियो । सुनामीबाट हालसम्म कुनै क्षतिको रिपोर्टहरू आएका छैनन् ।
भूकम्पको केन्द्रबिन्दुभन्दा करिब १ सय किलोमिटर टाढा रहेको ताइवानको चेङगोङमा १.५ फिट अग्लो सुनामी देखिएको थियो । त्यस्तै, जापानको ओकिनावा टापुमा ०.३ मिटर अग्लो सुनामी पुगेको नाहा विमानस्थलका प्रवक्ता हिडेकी सुरोदोले सीएनएनलाई जानकारी दिए । केही समय विमानस्थल बन्द गरेपछि अहिले सुचारु गरिएको छ ।
फिलिपिन्समा पनि कुनै उल्लेखनीय सुनामी नदेखिएको त्यहाँको फिलिपिन इन्सिटिट्यूट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले बताएको छ ।
भूकम्पपछि ताइवानमा केही दिन परकम्प जाने अपेक्षा गरिएको छ । सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका अनुसार ६।५ देखि ७ म्याग्निच्युडसम्मको परकम्प जान सक्ने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण