मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बौँ युजर्स डेटा डिलिट गर्दै गुगल

बुधबार, २१ चैत २०८०, १२ : ०५
बुधबार, २१ चैत २०८०

काठमाडौँ । गुगलले एउटा मुद्दा सुल्झाउन अर्बौँ युजरका डेटा मेटाउन राजी भएको छ । यी डेटा कम्पनीले प्राइभेट मोड चलाइरहेका युजरलाई ट्र्याक गरेर जम्मा पारेको थियो । यस मामिलामा गुगललाई भारी जरिवाना लगाइएको छ । मुद्दा सल्टाउने सर्तहरू ओकल्याण्ड, क्यालिफोर्नियाको संघीय अदालतमा सोमबार दायर गरिएको थियो । यसलाई अमेरिकी जिल्ला न्यायाधीश योभोन गोन्जालेज रोजर्सको स्वीकृति गर्नु पर्नेछ ।

यस सम्झौताको आकार वादीका वकिलहरूले ५ अर्ब डलरदेखि ७ अर्ब ८० करोड डलरसम्म तोकेका छन् । गुगलले यस मामिला कुनै क्षति तिरेको छैन । तर प्रयोगकर्ताहरूले व्यक्तिगत रूपमा कम्पनीलाई क्षतिपूर्तिका लागि मुद्दा हाल्न सक्छन् । यो सामूहिक मुद्दा सन् २०२० मा शुरु भएको थियो । गुगलमाथि इन्कग्निटो अर्थात्  गुगल क्रोम र गुगल एपको निजी मोडमा समेत प्रयोगकर्तालाई ट्र्याक गरेको आरोप लागेको छ ।

गुगलले सन् २०१६ देखि यो काम गरिरहेको थियो । एक प्रयोगकर्ताले गुगलको एनालिटिक्स, कुकीज र एपहरूले गुगल क्रोममा इन्कग्निटो मोड वा अन्य ब्राउजरमा निजी ब्राउजिङ मोड सेट गरेका व्यक्तिहरुलाई अनुचित रुपमा ट्र्याक गर्न गुगललाई अनुमति दिएको आरोप लगाइएको छ ।

कुनै पनि वेब ब्राउजरलाई निजी मोडमा राखेर सर्च गर्दा सोको इतिहास जम्मा भएर बस्दैन अनि कसैले पनि युजरलाई ट्र्याक गर्न सक्दैन भन्ने विश्वास गरिन्छ । तर गुगल क्रोमको मामिलामा यो लागू भएको छैन । यस व्यवहारका लागि गुगललाई ठुलो जरिवाना पनि तिर्न आदेश दिइएको छ । तर कम्पनीले यस आरोपलाई अस्वीकार गरेको छ । निजी मोडबाट डेटा कलेक्टको मामिलामा आफू निकै इमानदार भएको दाबी कम्पनीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप