आरोप लाग्नासाथ राजीनामा माग्ने कस्तो पद्धतिको विकास गर्न खोजिँदैछ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगत केही दिनदेखि सदनमा कांग्रेसले निरन्तर सहकारीको महाकाव्य लेख्ने अनुष्ठान चलिरहेको तर समाधानको कुरा नगरेको बताए ।
उनले अर्थमन्त्रीको राजीनामा माग गर्दा अर्थमन्त्रीको कुरा सुन्नुपर्छ भनेर रास्वपाले धारणा राखेको बताए । भौतिक मन्त्री प्रकाश ज्वालाको पनि राजीनामा माग गर्दा पहिला उनको कुरा सुन्नुपर्छ भनेको उल्लेख गरे ।
उनले भने– ‘माननीय गृहमन्त्रीजीले तपाईंहरुले यति धेरै आक्षेप लगाउनुभएको छ, म रोष्टममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? कस्तो संस्कृति बसाल्न हामी खोजिरहेका छौँ, यो चिन्ताको विषय छ ।’
उनले संसदीय छानबिन समिति बनाउन आपत्तिको कुरा नभएको तर कस्तो नजिर बसाल्न खोजिरहेका छौँ भन्नेबारे हामीले विचार गर्नुपर्ने बताए ।
उनले भने– ‘सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ, मन्त्रीले मात्र हैन सांसदले पनि राजीनामा गरौँ । आरोप लाग्यो, जाहेरी पर्यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर स्थापना गर्न हामी तयार हो ? यदि यसो गर्ने सर्वदलीय सहमति हुने हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ । बाहिर अनुसन्धान प्रभावित गरिने, राज्यका निकायहरूलाई अविश्वास गरिने कुराहरूलाई यहाँभित्र प्रवेश गरायौँ भने सुनदेखि वाइडबडीसम्म, टिकापुरदेखि बाल मन्दिरसम्म, टेरामक्सदेखि शरणार्थीसम्म, मनी लौण्डरिङदेखि करछलीसम्म, झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन गएकोदेखि भ्रष्ट नेताको सालिक सरकारी खर्चमा बनाएको कुरासम्म पनि यहाँ प्रवेश हुन्छ होला नि । त्यसकारण संयमित बनौँ ।’
उनले गृहमन्त्रीलाई संसद्मा बोल्न दिएर उनको कुरा सुन्नतका लागि आग्रह गरे । साथै सहकारी समस्या समाधान गर्नका लागि विधेयक बनाएर समाधान गर्न आग्रह गरे । उनले सहकारी पीडितलाई सत्ता सौदाबाजीको औजार बनाएको उल्लेख गरे । सहकारी ऐन २०७४ को दफा १०५ अनुसार समाधान गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण