सरकारले वन्यजन्तु आरक्ष पीडितको समस्या तत्काल सम्बोधन गर्नुपर्छ : सांसद तामाङ
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कञ्चनपुरलगायतका वन्यजन्तु आरक्ष पीडितहरूको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
सांसद तामाङले सो सम्बन्धी समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकार सम्पन्न बनाई कार्यादेश दिन पनि सरकारलाई दबाब दिए । उनले सरकारले आरक्ष पीडितहरूको समस्या समाधानका लागि गम्भीर नभएको र जनप्रतिनिधिको रूपमा आफूहरूले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले भने,‘म विनम्रतापूर्वक सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि आरक्ष पीडितहरूको समस्या छिटोभन्दा छिटो समापन गर्न त्यो न्यायिक आयोगलाई छिटोभन्दा छिटो अधिकार सम्पन्न बनाई, स्रोत सम्पन्न बनाई पठाइयोस् । त्यो अहिलेसम्म कार्यक्षेत्रमा पुगेको छैन ।’
सांसद तामाङले देशहरूका आरक्ष पीडितहरूले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै आपत्ति समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण