सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर भ्रमण वर्ष : भरतपुरका होटल भरिभराउ, व्यवसायी उत्साहित

बुधबार, २१ चैत २०८०, १५ : ४९
बुधबार, २१ चैत २०८०

चितवन  । भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शीर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो ।

भ्रमण वर्षले यहाँका व्यवसायमा बिस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटीय क्षेत्रसँग जोडिएका ठुला होटलहरूमा यति बेला पर्यटक खचाखच व्यवसायीहरू बताउँछन् । पर्यटकहरू भरिभराउ भएपछि अन्य ठाउँमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए ।

भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको सङ्ख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जीव दास श्रेष्ठले जानकारी दिए ।

सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको सङ्ख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरूमा आएका छन् ।

भरतपुरका तटीय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरू छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेकका देशबाट आउने पर्यटकको सङ्ख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यटकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठुला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। 

बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण (जगतपुर लज), टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरू हुन् ।

हात्ती सफारी, जङ्गल सफारी, बोटिङ, जङ्गल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतिहरू तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरू यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए ।

बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाउँमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । –सुरेन कुँवर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप