गुगलबाट यसरी मेटाउनुस् आफ्नो निजी जानकारी
काठमाडौँ । गुगलमा सर्च गर्दा रिजल्टमा आफूलाई पनि देखाइयोस् भन्ने चाहने पनि छन् । तर केहीको चाहना भने आफूलाई यस्ता सर्च रिजल्टमा नदेखाइओस् भन्ने हुन्छ ।
कहिलेकाहीँ अनलाइनमा हाम्रो सामाजिक सञ्जाल खाता, फोन नम्बर, घरको ठेगाना र बैंक विवरणहरू नै उपलब्ध हुन्छन् । सबैभन्दा ठुलो समस्या त्यतिबेला हुन्छ जब यी विवरणहरू गुगलमा देखा पर्न थाल्छन् । आजको यस लेखमा हामी गुगलको खोज परिणामबाट आफ्ना व्यक्तिगत जानकारी कसरी हटाउने भनेर कुराकानी गर्नेछौँ ।
रिजल्ट्स अबाउट यू
गुगलले भर्खरै प्रयोगकर्ताका लागि रिजल्ट अबाउट यु भन्ने फिचर सुरु गरेको छ । यो फिचर गुगलबाट प्रयोगकर्ताका व्यक्तिगत जानकारी हटाउन डिजाइन गरिएको हो । यसको मद्दतले तपाईँले आफ्नो व्यक्तिगत जानकारी आफैँ पनि हटाउन सक्नुहुनेछ ।
यसका लागि गुगल सर्पोट पेजमा जानुपर्छ । यहाँ आफूले खोज परिणामबाट हटाउन चाहेको यूआरएलहरू उल्लेख गर्दै फारम भर्नुपर्नेछ । यस फारममा एकै साथ धेरै यूआरएलहरू थप्न सकिनेछ । गुगलले यी पेजलाई भेरिफाई गर्नेछ । तपाईँले दिएको जानकारी सही छ भने खोज परिमाणमा तपाईँका जानकारी आउन बन्द हुनेछ । तर, यो प्रक्रिया केही समय लाग्न सक्छ ।
वेबसाइटबाट सिधै यसरी हटाउनुस्
व्यक्तिगत जानकारी हटाउने अर्को तरिका चाँहि सिधै त्यो पृष्ठ गएर त्यहाँ भएका जानकारी हटाउन अनुरोध गर्ने हो । यसका लागि तपाईँले यूआरएलको छेउमा तीनवटा थोप्लाहरूमा क्लिक गर्नुपर्नेछ र त्यसपछि अबाउट दिस रिजल्ट पेजमा जानु पर्नेछ । यहाँबाट रिजल्ट अप्सन विकल्पमा क्लिक गर्नुहोस् । यसपछि पृष्ठ हटाउने प्रक्रिया सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण