भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
काठमाडौँ । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई पराजित गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर सोमपाल कामी र कुशल मल्लले दुई-दुई विकेट लिए ।
गुलसन झा र विवेक यादवले पनि एक-एक विकेट हात पारे । गुजरातका लागि उमंग तन्डेलले सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले पनि २९ रनको योगदान गरे ।
त्यसअघि नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुवैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेल ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले दुई छक्का र नौवटा चौका पनि प्रहार गरे । उनी १३.३ ओभरमा नेपालको पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ८५ रनको योगदान गरे ।
पेभेलियन फर्किनुअघि आसिफले ५१ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काएका थिए । उनी १८औँ ओभरको पहिलो बलमा आउट भएका थिए । कप्तान रोहित पौडेल भने तीन रनमै आउट भए । उनी १६औँ ओभरको अन्तिम बलमा बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।
कुशल मल्ल एक रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । गुलसन झाले चार रन बटुले । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए ।
नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई-दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026