चीनमा वर्षाका कारण सात जनाको मृत्यु
नाङचाङ । आइतवारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी वर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।
जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रान्तीय राजधानी नानचाङसहित नौ सहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए । वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ । वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पुर्याएको छ । प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भिक अनुमान १५ करोड युआन पुगेको छ ।
प्रान्तीय मुख्यालयले मङ्गलबारदेखि तीन चरणमा बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ ।
प्रान्तीय मौसम विभागले गम्भीर मौसम जारी रहँदा नागरिकलाई घरबाहिर नजान र भारी वर्षाको अवस्थामा प्रभावित क्षेत्रहरूबाट अन्यत्र जाँदा खोला नदीहरूमा सावधानी अपनाउन वा यात्रा नगर्न निर्देशन दिएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण