त्रिशूलीमा बेपत्ता युवकको शव फेला
गोरखा । शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षका युवकको शव फेला परेको छ । गोरखा नगरपालिका–७ स्थित पौवाखेतका विवश रोकाको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो । शनिबार काठमाडौँमा निधन भएका बुवा शङ्कर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो । सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए ।
मृतक रोकाका हजुरआमा, दुई जना फूपुदिदी, भिनाजु र फूपुदिदीका छोराको भने सोही दिन घटनास्थलमै शव भेटिएको थियो । मृतकको शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको र शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने डिएसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण