सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बाप्पेको गोलमा पीएसजी फ्रेन्च कपको फाइनलमा

बिहीबार, २२ चैत २०८०, ०९ : १८
बिहीबार, २२ चैत २०८०

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा पीएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

पीएसजीलाई फाइनल पुर्‍याउन किलियान एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्बाप्पेले ४० औँ मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए ।

फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ । लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लियोन र पीएसजीबिचको फाइनल खेल मे २५ मा हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप