एम्बाप्पेको गोलमा पीएसजी फ्रेन्च कपको फाइनलमा
बिहीबार, २२ चैत २०८०, ०९ : १८
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा पीएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
पीएसजीलाई फाइनल पुर्याउन किलियान एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्बाप्पेले ४० औँ मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए ।
फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ । लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लियोन र पीएसजीबिचको फाइनल खेल मे २५ मा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण