तुलसी सिवाकोटीको ‘काठमाडौँमा’ सार्वजनिक
बिहीबार, २२ चैत २०८०, ०९ : २९

काठमाडौँ । गायक तुलसी सिवाकोटीले नयाँ गीत ‘काठमाडौँमा’ ल्याएका छन् । गीतमा शब्द, सङ्गीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतमा सङ्गीत संयोजन गरेका छन् ।
विशेषत सुदूरपश्चिम र कर्णालीबाट काठमाडौँको जीवन शैलीलाई नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाई प्रयोग गरिएको छ ।
गायक सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको भिडियो गायक सिवाकोटीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उत्तम हुमागाईंको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र
-
माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन
-
अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
-
सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
-
१० बजे १० समाचार : गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझावदेखि राजावादीको आन्दोलन ‘छिन्नभिन्न’सम्म
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ