पूजा पाख्रिनले जितिन् ‘मिसेस भोग नेपाल’
काठमाडौँ । पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ घोषित भएकी छन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ बर्सिया पाख्रिनले शीर्ष उपाधि सहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् ।
यसबाहेक उनले जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीबाट एक वर्षको फेसन डिजाइनिङ कोर्स गर्ने मौका पाएकी छिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् ।
हाउस अफ फेसनले बुधवार राति काठमाडौँमा आयोजना गरेको एउटा भव्य समारोहमा विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि जितिन् । बस्नेतले पब्लिक च्वाईस अवार्डका साथै मोस्ट पपुलर च्वाईस अवार्ड समेत जित्न सफल भइन् ।
प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् । उनले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत जितिन् । मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । लामिछानेले भने मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् । प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृति श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्न सफल भएका थिए ।

स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भए ।
आयोजक संस्था हाउस अफ फेसनकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धिहरुलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्याङ्कनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको जानकारी गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण