कोभिड महामारीपछि चीनले पहिलो पटक विदेशीका लागि सगरमाथा आरोहण खुला गर्दै
ल्हासा । कोभिड महामारीपछि चीनले पहिलो पटक तिब्बत हुँदै विदेशीलाई सगरमाथा आरोहणको अनुमति दिने तयारी गरेको छ ।
आठ पटक सगरमाथा आरोहण गरिसकेका विदेशी गाइड एड्रियन बालिङगर नेपालबाट भन्दा तिब्बततर्फबाट सगरमाथाको आरोहण गर्न रुचाउँछन् । उनी यसपटक आफ्नो कम्पनी अल्पेनग्लो एक्सपिडिसनमार्फत आरोहीहरूलाई सगरमाथाको चुचुरोसम्म पुर्याउने तयारी गरेका छन् ।
चीनमा सगरमाथालाई चोमोलुङ्गमा भनिन्छ । त्यहाँको आरोहण अनुमति बेइजिङबाट नभएर चीन तिब्बत माउन्टेनियरिङ एसोसिएसन (सीटीएमए) ले वितरण गर्दछ । हालसम्म चिनियाँ सरकारले यसबारे औपचारिक सूचना भने जारी गरेको छैन ।
बेलिङगरका अनुसार सीटीएमएले नयाँ सिजनका लागि मूल्य सूची सार्वजनिक गरेपछि दर्ता प्रक्रिया खुलेको जानकारी हुनेछ । यस सूचीमा याक, स्थानीय गाइड, अनुवादक र ल्हासादेखि एभरेस्ट बेस क्याम्पसम्मको यातायातको लागत समावेश हुन्छ ।
विदेशीले चीन र त्यसपछि तिब्बतका लागि छुट्टै भिसा प्राप्त गर्नुपर्छ । विदेशी आरोहीका लागि चीनमा प्रतिवर्ष ३ सय वटा अनुमति जारी गरिन्छ । सगरमाथा आरोहणका लागि उपयुक्त समय निकै कम हुन्छ । यो अप्रिलको अन्त्यदेखि सुरु भएर मे महिनाको मध्यसम्म रहन्छ । बेलिङगरको टोली मौसमसम्म अभ्यस्त हुनका लागि अप्रिल २५ मा आफ्नो टोलीसँगै चीन पुग्नेछ । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण