राष्ट्रिय सभा उपाध्यक्ष पदमा हानथापः एमालेले उम्मेदवार तय गर्दा एकीकृत समाजवादी बेखबर
काठमाडौँ । नेकपा (एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउनेबारे आफूहरूलाई कुनै जानकारी नरहेको बताएका छन् । बिहीबार एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै उनले सो निर्णयबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रियसभा उपाध्यक्षको बारेमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णय गरेको होला तर यस विषयमा गठबन्धनमा कुनै छलफल भएको छैन ।’ आफूहरूले पनि यस विषयमा पार्टीमा छलफल गर्ने उनले जानकारी दिए । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले गठबन्धनको निर्णयबाट नै राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने निर्णय भएको बताए ।
उनले भने, ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यो विषयमा हामीलाई जानकारी गराउनुभएको छ, पार्टीबाट राष्ट्रियसभाका लागि उपाध्यक्षमा गठबन्धनको साझा उम्मेदवार विमलाजी हुने तय भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण