बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

राजीनामाको तयारीमा रहेका मुख्यमन्त्री शाहले बोलाए दलको आकस्मिक बैठक

बिहीबार, २२ चैत २०८०, १८ : ३१
बिहीबार, २२ चैत २०८०

धनगढी । पदबाट राजीनामा दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् ।

यसअघि प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री शाहले दलको बैठकपछि प्रदेश प्रमुख नजिर मियाँ कहाँ राजीनामा दिन लागेका हुन् ।

दलको बैठकमा सहभागी एक जना सांसदले आकस्मिक रूपमा बैठक बोलाएको बताए । यसअघि कांग्रेस संसदीय दलको बैठक बिहान बसेको थियो । तर त्यस बैठकमा निर्णय गर्ने अधिकार दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप