साहब आलमले लिए आयरल्यान्डको दोस्रो विकेट
काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्डको दोस्रो विकेट लिएको छ । आयरल्यान्डले दोस्रो विकेटका साहब आलमले लिएका हुन् । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीलाई दुई रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । ४.२ ओभरमा स्टिफन आउट हुँदा आयरल्यान्डले ११ रन बनाएको छ ।
त्यसअघि आयरल्यान्डका अर्का ओपनर जेम्स म्याकुलुमलाई पनि साहब आलमले नै रनआउट गराएका थिए । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका हुन् । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालल टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो ।
यसअघि बुधबार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । तेस्रो एकदिवसीय खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी(२० शृंखलामा आयरल्यान्ड ‘ए’ २(१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण