दोस्रो एकदिवसीय क्रिकेट
कमलसिंह ऐरीले लिए आयरल्यान्डको सातौँ विकेट
शुक्रबार, २३ चैत २०८०, ११ : ०९

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को सतौँ विकेट लिएको छ । आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर अहमदद्वारा क्याच गराए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निल रकले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा ४५ रन बनाए ।
यस क्रममा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । २०.३ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले ९४ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालल टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल