दोस्रो एकदिवसीय क्रिकेट
कमलसिंह ऐरीले लिए आयरल्यान्डको सातौँ विकेट
शुक्रबार, २३ चैत २०८०, ११ : ०९
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को सतौँ विकेट लिएको छ । आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर अहमदद्वारा क्याच गराए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निल रकले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा ४५ रन बनाए ।
यस क्रममा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । २०.३ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले ९४ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालल टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण