रिजन ढकालले लिए आयरल्यान्डको आठौँ विकेट
शुक्रबार, २३ चैत २०८०, ११ : ५८
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को आठौँ विकेट लिएको छ । आयरल्यान्डको आठौँ विकेट रिजन ढकालले लिएका हुन् । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान गाभिन होएलाई परिवर्तित खेलाडी रुपेश सिंहद्वारा क्याच गराएका हुन् ।
रिजन ढकालले लिएको यो दोस्रो विकेट हो । गोभिन होएले आयरल्यान्डका लागि महत्त्वपूर्ण पाली खेले । पेभेलियन फर्किनुअघि उनले ५९ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।
३२औँ ओभरको अन्तिम बलमा गाभिन होए आउट हुँदा आयरल्यान्डले एक सय ४८ रन बनाइसकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण