दोस्रो एकदिवसीय क्रिकेट
पाँचौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किए
शुक्रबार, २३ चैत २०८०, १३ : ४७

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रुपमा नेपालले आरिफ शेखलाई गुमाएको हो ।
उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले एलबीडब्लूको धरापमा पारेका हुन् । आरिफ शेख खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन् । हमफ्रेयसले लिएको यो तेस्रो विकेट हो । १०.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ३८ रनमात्र बनाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
फ्राईडे रिलिज : हलमा लागेँ ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु