बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
भेटघाट

पोखरामा ओली र राप्रपा नेताबिच संवाद : गण्डकीमा सघाउन आग्रह

शुक्रबार, २३ चैत २०८०, १४ : ०६
शुक्रबार, २३ चैत २०८०

पोखरा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा राप्रपाका नेतासँग भेटघाट गरेका छन् । कास्कीमा निर्वाचित एमाले नेताहरुलाई शपथ गराउन आएका उनले माउन्ट कैलाश रिसोर्टमा दलका नेता पञ्चराम गुरुङसँग भेटेर सहयोग मागेका हुन्  

गण्डकीमा एमाले माओवादीको सरकार बनाउन राप्रपा अनिवार्य शक्ति हो । भेटका क्रममा ओलीले मिलेर जान आग्रह गरेका गुरुङले बताए । ‘राष्ट्रवादी शक्ति मिलेर जानुपर्छ भन्नुभयो,’ उनले भने, ‘मैले केन्द्रमै मिलाउनुस् भनेँ ।’

पार्टी अध्यक्षको निर्देशन बिना गण्डकीमा आफूहरूले कुनै निर्णय लिन नसक्ने उनले जानकारी गराएका थिए । ‘हामीले प्रदेशको अवस्था केन्द्रलाई जानकारी गराइसकेका छौँ,’ उनले अघि भने, ‘राष्ट्रवादी दलसँग मिलेर राप्रपाले निकास दिन्छ । तर त्यसको निर्णय यहाँबाट गर्न सक्दैनौँ ।’ उनले चैत २७ सम्म कसैलाई समर्थन नगर्ने दोहोर्‍याएका छन् । 

ओलीले समीकरणमा आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएका थिए । 

‘सहयोग गर्नुस्, परेको गर्न तयार छौँ भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’  एमाले गण्डकी दलका नो खगराज अधिकारी पनि बैठकमा सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप