पोखरामा ओली र राप्रपा नेताबिच संवाद : गण्डकीमा सघाउन आग्रह
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा राप्रपाका नेतासँग भेटघाट गरेका छन् । कास्कीमा निर्वाचित एमाले नेताहरुलाई शपथ गराउन आएका उनले माउन्ट कैलाश रिसोर्टमा दलका नेता पञ्चराम गुरुङसँग भेटेर सहयोग मागेका हुन्
गण्डकीमा एमाले माओवादीको सरकार बनाउन राप्रपा अनिवार्य शक्ति हो । भेटका क्रममा ओलीले मिलेर जान आग्रह गरेका गुरुङले बताए । ‘राष्ट्रवादी शक्ति मिलेर जानुपर्छ भन्नुभयो,’ उनले भने, ‘मैले केन्द्रमै मिलाउनुस् भनेँ ।’
पार्टी अध्यक्षको निर्देशन बिना गण्डकीमा आफूहरूले कुनै निर्णय लिन नसक्ने उनले जानकारी गराएका थिए । ‘हामीले प्रदेशको अवस्था केन्द्रलाई जानकारी गराइसकेका छौँ,’ उनले अघि भने, ‘राष्ट्रवादी दलसँग मिलेर राप्रपाले निकास दिन्छ । तर त्यसको निर्णय यहाँबाट गर्न सक्दैनौँ ।’ उनले चैत २७ सम्म कसैलाई समर्थन नगर्ने दोहोर्याएका छन् ।
ओलीले समीकरणमा आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएका थिए ।
‘सहयोग गर्नुस्, परेको गर्न तयार छौँ भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’ एमाले गण्डकी दलका नो खगराज अधिकारी पनि बैठकमा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण