अब गुगलमा सर्च गरेको पनि पैसा लाग्ने
क्यालिफोनिर्या । गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको छ । तर अब भने यसले प्रिमियम ल्याउने विचार गरिरहेको छ ।
कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एउटा खबरका अनुसार अनुसार गुगलले आफ्नो जेनेरेटिभ सर्च अर्थात् सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई)लाई सशुल्क बनाउन लागेको छ । यो सेवा आएपछि प्रयोगकर्ताले एआई रिजल्टका लागि पैसा तिर्नुपर्नेछ ।
गुगलले आफ्नो एआई सर्च टुलका लागि पैसा लिने विचार गरिरहेको फाइनान्सियल टाइम्समा छापिएको खबरमा बताइएको छ । यस विषयमा गुगलको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । धेरैजसो एआई कम्पनीहरूले आफ्नो एआई टुलका लागि पैसा लिइरहेका छन् । कम्पनीहरूले एआइ टुलको विकास गर्न ठुलो खर्च गरेका छन् । सो खर्चको भर्पाई गर्न कम्पनीहरूले पैसा लिइरहेका छन् ।
खबरका अनुसार गुगलको सामान्य सर्च इञ्जिन भने सधैँका लागि निःशुल्क नै रहनेछ । तर जेनेरेटिभ एआई सर्चको प्रयोग गर्दा भने पैसा लाग्नेछ । गुगल एप खोल्दा कुनामा रातो डट भएको जार देख्नुहुन्छ नि यही नै जनरेटिभ एआई खोज हो । गुगलले यूजरहरुलाई प्रिमियम सेवा दिन विज्ञापन मुक्त सर्च टुलमा पनि काम गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण