नेसपाले इलाम- २ मा थेगिमलाई समर्थन गर्ने
काठमाडौँ । नेपाल समाजवादी पार्टीले वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार सो पार्टीले एक विज्ञप्ति जारी गरी उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।
पार्टी प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञिप्तमा भनिएको छ– ‘मिति २०८१ वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुन गैरहेको उपनिर्वाचनमा नेपाल समाजवादी पार्टीले स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दछ ।’
नेपाल समाजवादी पार्टी अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणसहित वैकल्पिक समाजवादी शक्ति निर्माणको अभियानमा रहेको जनाउँदै यसका लागि परम्परागत राजनैतिक दलहरुको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिनु आजको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा समतामुलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, सदाचार, राष्ट्रिय स्वाधिनता र समून्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण