शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘पाउलो’ भारतको फिल्म फेस्टिभल छनौट

शुक्रबार, २३ चैत २०८०, १७ : ३०
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस् इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी)का लागि छानिएको छ । अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुने फेष्टिभलमा फिल्म प्रदर्शनका लागि छानिएको हो ।

जुत्ताको कथामा निर्माण भएको फिल्ममा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापाको अभिनय छ ।

मोहन अभिलाषीका निर्देशन रहेको फिल्म काठमाडौँमा छायांकन गरिएको छ । ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा छनौटमा परेको थियो । फिल्ममा नारायण जिसीको छायांकन र अनिल कुमार महर्जनको सम्पादन छ ।

‘पाउलो’ पशुपति परिसरमा बस्ने परिवार विहीन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । फिल्ममा मानिसको कथालाई विम्बको रूपमा जुत्ताको जीवन कथामा प्रस्तुत गरिएका छ । ‘पाउलो’ ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप