‘पाउलो’ भारतको फिल्म फेस्टिभल छनौट
काठमाडौँ । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस् इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी)का लागि छानिएको छ । अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुने फेष्टिभलमा फिल्म प्रदर्शनका लागि छानिएको हो ।
जुत्ताको कथामा निर्माण भएको फिल्ममा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापाको अभिनय छ ।
मोहन अभिलाषीका निर्देशन रहेको फिल्म काठमाडौँमा छायांकन गरिएको छ । ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा छनौटमा परेको थियो । फिल्ममा नारायण जिसीको छायांकन र अनिल कुमार महर्जनको सम्पादन छ ।
‘पाउलो’ पशुपति परिसरमा बस्ने परिवार विहीन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । फिल्ममा मानिसको कथालाई विम्बको रूपमा जुत्ताको जीवन कथामा प्रस्तुत गरिएका छ । ‘पाउलो’ ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण