एप्पलद्वारा ६०० कर्मचारी कटौती
वासिङ्टन । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो ।
क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठुलो मात्रामा भर्नापछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीहरूमा कर्मचारी कटौतीको ठुलो अवस्थाबाट धेरै हदसम्म बचेको थियो ।
डब्ल्युएआरएन भनिने क्यालिफोर्नियाको कर्मचारी समायोजन तथा पुनरप्रशिक्षण अधिसूचना ऐनअनुसार एप्पलले मार्च २७ मा धेरै कार्यालयहरूमा छ सय १४ कर्मचारीलाई नोकरीबाट निकालेको छ । कम्पनीले कर्मचारी कटौतीबारे शुक्रबार कुनै जवाफ दिएको छैन ।
ब्लुमबर्गका अनुसार नोकरीमा कटौती कम्पनीको विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धित थियो । यसबाट एक दशकदेखि भइरहेको सङ्घर्षपूर्ण परियोजना समाप्त भएको छ । आइफोन निर्माताले आफ्नो गोप्य कार विकास कार्यक्रमका लागि करिब दुई हजार कर्मचारीलाई समर्पित गरेको तर उसले बढ्दो विद्युतीय वाहन (इभी) क्षेत्रको सामना गर्नुपरेको ब्लुमबर्गले बताएको छ ।
एप्पललाई कानूनीरूपमा क्यालिफोर्नियामा मात्र कर्मचारी कटौतीको सूचना दिन आवश्यक भएकाले कर्मचारी कटौतीको दायरा व्यापक हुनसक्छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण