एप्पलद्वारा ६०० कर्मचारी कटौती

वासिङ्टन । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो ।
क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठुलो मात्रामा भर्नापछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीहरूमा कर्मचारी कटौतीको ठुलो अवस्थाबाट धेरै हदसम्म बचेको थियो ।
डब्ल्युएआरएन भनिने क्यालिफोर्नियाको कर्मचारी समायोजन तथा पुनरप्रशिक्षण अधिसूचना ऐनअनुसार एप्पलले मार्च २७ मा धेरै कार्यालयहरूमा छ सय १४ कर्मचारीलाई नोकरीबाट निकालेको छ । कम्पनीले कर्मचारी कटौतीबारे शुक्रबार कुनै जवाफ दिएको छैन ।
ब्लुमबर्गका अनुसार नोकरीमा कटौती कम्पनीको विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धित थियो । यसबाट एक दशकदेखि भइरहेको सङ्घर्षपूर्ण परियोजना समाप्त भएको छ । आइफोन निर्माताले आफ्नो गोप्य कार विकास कार्यक्रमका लागि करिब दुई हजार कर्मचारीलाई समर्पित गरेको तर उसले बढ्दो विद्युतीय वाहन (इभी) क्षेत्रको सामना गर्नुपरेको ब्लुमबर्गले बताएको छ ।
एप्पललाई कानूनीरूपमा क्यालिफोर्नियामा मात्र कर्मचारी कटौतीको सूचना दिन आवश्यक भएकाले कर्मचारी कटौतीको दायरा व्यापक हुनसक्छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल