बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लाङटाङ पदमार्गमा पर्यटकको मृत्यु

शुक्रबार, २३ चैत २०८०, २३ : १५
शुक्रबार, २३ चैत २०८०

रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा आज एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो ।

पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए । 

पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पुर्याउँदा चिकित्सकले आज साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप