लाङटाङ पदमार्गमा पर्यटकको मृत्यु
शुक्रबार, २३ चैत २०८०, २३ : १५
रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा आज एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो ।
पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए ।
पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पुर्याउँदा चिकित्सकले आज साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण