वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा १०० गुणा बढी खतरनाक !
वाशिङटन डीसी । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ । एच५एन१ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ ।
पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन् । एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा. सुरेश कुचिपुडीले दिएका छन् । कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ । वर्ड फ्लुको सङ्क्रमण विश्वका धेरै ठाउँमा रहेको र धेरै सङ्ख्यामा स्तनधारी जीवलाई यसले सङ्क्रमित बनाइरहेको छ । भाइरसविरुद्ध तयारी गर्ने बेला आएको अन्यथा अवस्था गम्भीर हुन सक्ने उनी बताउँछन् ।
वर्ड फ्लुको सङ्क्रमण कोरोना महामारीभन्दा खतरनाक साबित हुनसक्ने भन्दै समाचारहरूमा अर्का विज्ञलाई उद्धृत गरिएको छ । वर्ड फ्लुको महामारी कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्ने दाबी उनले गरेका छन् । वर्ड फ्लुको महामारीमा मृत्युदर कोरोनाको भन्दा धेरै हुने र भाइरस म्युटेट हुन थाल्यो भने यसले गम्भीर रूप लिने खतरा रहेको पनि बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको डरलाग्दो तथ्याङ्क
विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार सन् २००३ देखि एच५एन१ भाइरसबाट सङ्क्रमित भएका प्रत्येक १०० बिरामीमध्ये ५२ जनाको मृत्यु भएको छ । यसरी, वर्ड फ्लुको मृत्यु दर ५० प्रतिशत भन्दा बढी छ । कोभिड महामारीको सुरुमा केही ठाउँमा यसको मृत्युदर २० प्रतिशत थियो, जुन पछि ० दशमलव १ प्रतिशतमा झरेको थियो । हालसम्म ८८७ जना मात्रै वर्ड फ्लु देखिएको छ । यसमध्ये ४६२ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण