गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतले गरेन मतदान
न्युयोर्क । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारत मतदान गर्नबाट अलग रह्यो । शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् । २८ देशले पक्षमा मतदान गरे भने अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे ।
परिषदले पाँचवटा प्रस्ताव पारित गरेको छ । यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, 'छ महिनादेखि इजरायली सेनाले गाजामा निरन्तर मृत्यु र विनाश गरिरहेको छ। खाना र पानी नहुँदा बालबालिका मरिरहेका छन् । प्यालेस्टिनी जनताको सामूहिक दण्डलाई कुनै पनि हिसाबले न्यायोचित मान्न सकिँदैन।’
एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि निरन्तर अपिल गर्दै आएका छन् र गाजाका सम्पूर्ण जनसङ्ख्या भोकमरीको विन्दुमा पुग्ने चेतावनी दिइरहेका छन्। राष्ट्रसंघका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म एक लाखभन्दा बढी प्यालेस्टाइनी मारिएका वा घाइते भएका छन् जसमध्ये एक तिहाइ बालबालिका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण