उपनिर्वाचन
बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन
शनिबार, २४ चैत २०८०, १३ : २६
काठमाडौँ । आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए ।
निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले जानकारी दिए ।
निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उपनिर्वाचनका लागि आज बझाङ प्रदेशसभा १ मा उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण