पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
शनिबार, २४ चैत २०८०, १३ : ४९

इस्लामावाद । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घर नजिकैको एक गाउँमा हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँचजना बालबालिकाको मृत्यु भएको हो ।
एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटनापछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् । पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो । जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हाते पम्पसमेत बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै
-
३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड
-
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी
-
अमेरिकामा घरमाथि प्लेन खस्यो