पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
शनिबार, २४ चैत २०८०, १३ : ४९
इस्लामावाद । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घर नजिकैको एक गाउँमा हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँचजना बालबालिकाको मृत्यु भएको हो ।
एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटनापछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् । पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो । जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हाते पम्पसमेत बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण