शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुहाङले दर्ता गराए उम्मेदवारी

शनिबार, २४ चैत २०८०, १४ : ५७
शनिबार, २४ चैत २०८०

इलाम । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । सुहाङले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

इलाम–२ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ दिवङ्गत नेता नेम्वाङका छोरासमेत हुन् । यसपटक नेकपा एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन गर्दा गर्ने समय रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ताको सूची प्रकाशन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप