डी ब्रुयना चम्किँदा सिटीको पुनरागमन
लण्डन । केभिन डी ब्रुयनाले क्लबका लागि १ सयौँ गोल गर्दा म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार भएको खेलमा सिटी ४–२ गोलले विजयी बन्यो ।
खेलमा सिटी तेस्रो मिनेटमा नै पछि परेको थियो । जिन फिलिपे माटेयाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर १३ औँ मिनेटमा डी ब्रुयनाले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा नै रिको लेविसले सिटीलाई खेलमा पहिलोपटक अग्रता दिलाए ।
६६ औँ मिनेटमा डी ब्रुयनाले अर्लिङ हलान्डका लागि गोलको अवसर सिर्जना गरे । ४ मिनेटपछि उनले आफैँ व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्त्यमा ओडसोने एडुवार्डले प्यालेसका लागि एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो । जितपछि सिटी ३१ खेलबाट ७० अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा उक्लेको छ ।
एक खेल कम खेलेको लिभरपुलको समान अङ्क रहेको छ । टोली गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण