बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डी ब्रुयना चम्किँदा सिटीको पुनरागमन

शनिबार, २४ चैत २०८०, २० : ०७
शनिबार, २४ चैत २०८०

लण्डन । केभिन डी ब्रुयनाले क्लबका लागि १ सयौँ गोल गर्दा म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार भएको खेलमा सिटी ४–२ गोलले विजयी बन्यो ।

खेलमा सिटी तेस्रो मिनेटमा नै पछि परेको थियो । जिन फिलिपे माटेयाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर १३ औँ मिनेटमा डी ब्रुयनाले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा नै रिको लेविसले सिटीलाई खेलमा पहिलोपटक अग्रता दिलाए ।

६६ औँ मिनेटमा डी ब्रुयनाले अर्लिङ हलान्डका लागि गोलको अवसर सिर्जना गरे । ४ मिनेटपछि उनले आफैँ व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्त्यमा ओडसोने एडुवार्डले प्यालेसका लागि एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो । जितपछि सिटी ३१ खेलबाट ७० अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा उक्लेको छ ।

एक खेल कम खेलेको लिभरपुलको समान अङ्क रहेको छ । टोली गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप