२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
आइतबार, २५ चैत २०८०, १० : ४८
काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । चैत २७ गते मंगलबार जारी गर्नेगरी कार्यालयले २८ दिने, ८१ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल रकम मध्ये समान ८÷८ अर्ब रुपैयाँ २८ दिने र ९१ दिनेका लागि बिक्री गरिनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ बिक्री गरिनेछ ।
यद्यपि, सबै ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । प्राप्त निवेदनहरूका आधारमा ट्रेजरीको बोलकबोल आजै हुने कार्यालयले जनाएको छ ।
यसअघि कार्यालयले चैत १९ गते १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण