गण्डकी प्रदेश
खगराजले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी, भेटे प्रदेश प्रमुखलाई
आइतबार, २५ चैत २०८०, १२ : ५१
पोखरा । एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उक्त दाबी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका छन् । उपनेता विन्दुकुमार थापाको नेतृत्वमा उनीहरू प्रदेश प्रमुख डिल्लीराज भट्टको सरकारी निवास पुगेका हुन् ।
'मुख्यमन्त्री बन्ने नबन्ने कुरा होइन । दाबी नै गलत र असंवैधानिक छ,' थापाले भने, 'यो रोकिनुपर्छ । गलत नजिर कायम गर्नु हुँदैन ।' प्रदेश प्रमुखलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट्ने कार्यक्रम छ ।
प्रदेश प्रमुख कार्यालयका अनुसार अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर दाबी पेस गरेका हुन् । कांग्रेसले सभामुखले राजीनामा नदिई हस्ताक्षर दिन नमल्ने बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण