गण्डकी प्रदेश
खगराजले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी, भेटे प्रदेश प्रमुखलाई
आइतबार, २५ चैत २०८०, १२ : ५१

पोखरा । एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उक्त दाबी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका छन् । उपनेता विन्दुकुमार थापाको नेतृत्वमा उनीहरू प्रदेश प्रमुख डिल्लीराज भट्टको सरकारी निवास पुगेका हुन् ।
'मुख्यमन्त्री बन्ने नबन्ने कुरा होइन । दाबी नै गलत र असंवैधानिक छ,' थापाले भने, 'यो रोकिनुपर्छ । गलत नजिर कायम गर्नु हुँदैन ।' प्रदेश प्रमुखलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट्ने कार्यक्रम छ ।
प्रदेश प्रमुख कार्यालयका अनुसार अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर दाबी पेस गरेका हुन् । कांग्रेसले सभामुखले राजीनामा नदिई हस्ताक्षर दिन नमल्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान
-
पोखराका ७४ प्रतिशत योजना ५ लाख मुनिका, ३ सय योजनाको कामै भएन