सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु
सुडान । सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ ।
र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार सहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहायक मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबिच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार युद्धग्रस्त डार्फर क्षेत्रको एउटा सहरमा १५ हजारभन्दा बढी मानिस मारिएका छन् ।
यस युद्धले ८५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सुडानको पहिलेदेखि नै कमजोर अवस्थामा रहेका पूर्वाधारहरूलाई व्यावहारिक रूपमा ध्वस्त पारेको छ र देशलाई अनिकालको सङ्घारमा धकेलेको छ ।
शनिबारको आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको तर सबै जनाको मृत्युबारे पुष्टि भइसकेको छैन । आक्रमणमा परी २०० भन्दा बढी घाइते भएका छन् ।
घटनास्थलबाट ८० किलोमिटर टाढा रहेको मानकिल अस्पतालका एक मेडिकल स्रोतले एएफपीलाइ दिएको जानकारी अनुसार आयतबारको आक्रमणमा २०० जना घाइते भएको र तीमध्ये केही उपचारका लागि निकै ढिलो आइपुगेको’ पुष्टि गरेका छन् ।
“हामीसँग पर्याप्त स्वास्थ्यकर्मी र रगतको अभाव छ,” उनले भने ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सेवाविहीन छन् भने बाँकी स्वास्थ्य संस्थाहरूले आफ्नो क्षमताभन्दा कयौँ गुणा बढी र थोरै स्रोत साधन पाएका छन् ।
द्वन्द्वका दुवै पक्षमाथि सर्वसाधारणलाई लक्षित गर्ने, आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गर्ने, लुटपाट गर्ने र सहायतामा अवरोध पुर्याउनेजस्ता युद्ध अपराधको आरोप लगाइएको छ ।
गत डिसेम्बरमा खार्तूमको दक्षिणमा रहेको अल–जाजिरा राज्यकब्जा गरेयता आरएसएफले उम आदमजस्ता सम्पूर्ण गाउँलाई घेराबन्दी गरी आक्रमण गर्दै आएको छ ।
बेलायतस्थित युद्ध अनुगमनकारी एक संस्थाका अनुसार मार्चसम्ममा देशभरका कम्तीमा १०८ गाउँ र बस्तीमा आगो लगाइएको र यसबाट ‘आंशिक वा पूर्ण रूपमा घरहरू नष्ट’ भएका छन् । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण