अपेक्षा अनुसार कंग्रेसको नतिजा नआए राहुल गान्धी पछि हट्नुपर्छ : प्रशान्त किशोर
नयाँदिल्ली । राजनीतिक रणनीतिकार प्रशान्त किशोरले कंग्रेसले लोकसभा निर्वाचनमा अपेक्षा अनुसारको नतिजा हासिल नगरे राहुल गान्धी पछि हट्नेबारे सोच्नुपर्ने बताएका छन् । समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै प्रशान्त किशोरले राहुल गान्धीले पछिल्ला १० वर्षमा कुनै सफलता हासिल नगरे पनि उनी न त पछि हट्न सकेको न त कंग्रेसको नेतृत्व अरू कसैलाई हस्तान्तरण गर्न सकेको टिप्पणी गरेका हुन् ।
‘मेरो हिसाबमा यो अलोकतान्त्रिक हो,’ उनले भने । प्रशान्त किशोरले कंग्रेसको पुनरागमनको योजना बनाएको तर पार्टीको नेतृत्वसँग केही मुद्दामा असहमति भएपछि उनले आफूलाई त्यसबाट अलग गरेका थिए । उनले भने, ‘जब तपाईं पछिल्ला १० वर्षमा बिना कुनै सफलता एउटै काम गरिराख्नु भएको छ भने ब्रेक लिनुमा कुनै खराबी छैन । यस्तोमा तपाईंले पाँच वर्षका लागि अन्य कसैलाई नेतृत्व दिनुपर्छ, जसरी तपाईंको आमाले गर्नुभएको थियो ।’
सोनिया गान्धीले पति राजीव गान्धीको हत्यापछि आफूलाई राजनीतिबाट टाढा राखेकी थिइन् र सन् १९९१ मा पीवी नरसिम्हा रावलाई कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकी थिइन् । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण