मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कोशीमा सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

सोमबार, २६ चैत २०८०, १४ : ३८
सोमबार, २६ चैत २०८०

नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको जानकारी दिए । 

एमालेले पनि आजै सरकारबाट बाहिरिने आङ्बोको भनाइ छ । त्यसअनुसार नयाँ समीकरणमा आबद्ध दलहरुमा सहमति भएपछि पार्टीले प्रदेश सरकारबाट बाहिरिने निर्णय भएको उनले बताए । 

‘एमाले र माओवादीबिचको लगातारको छलफलपछि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले आजै  राजीनामा बुझाएर सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको छ’, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले भने,‘एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार बनाउन आजै प्रदेश प्रमुखलाई जानकारी दिने निर्णय भएको छ ।’ 

त्यस्तै  उनले तत्काल प्रदेशसभाको विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन गर्ने निर्णय गरेको जनाए । एकीकृत समाजवादी र जसपा समेतले सरकारलाई दिएको सहमति फिर्ता लिएर समग्र पावरसेयरिङबारे छलफल गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप