संविधानलाई अप्ठ्यारोमा पार्दिनँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले संविधानलाई अप्ठ्यारोमा नपर्ने बताएका छन् । आफूले सडकमा निस्केर गोली तर्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने बताए ।
माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएसँगै सोमबार उनले भने, ‘संविधानलाई अप्ठ्यारोमा पार्ने मेरो काम हुँदैन । म सडकमा निस्केर गोली तर्किँदै बनेको नेता हुँ । त्यसकारण संविधान र लोकतन्त्रलाई मध्यनजर गर्दै क्याबिनेट मन्त्रीको सिट खाली राखेरै अगाडि बढ्छु ।’
माओवादी केन्द्रबाट प्रदेश सरकारमा रहेकाहरू खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले सोमबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
आजै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ
-
दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
-
रास्वपामा दुईभन्दा बढी हुन सक्छन् ‘वरिष्ठ’ नेता
-
इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै
-
नेपाल प्रिमियर लिगका ६ टोलीको टाइटल स्पोन्सरमा 'एक्सट्रिम इनर्जी ड्रिंक्स'
-
प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनका उपलब्धिलाई भन्यो– हात्तीको देखाउने दाँत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण