ह्विलचियर बास्केटबल मंगलबारदेखि, १३ टोली सहभागी
काठमाडौँ । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कभर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदैछ ।
संघका अध्यक्ष देवी आचर्याका अनुसार, दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित जावलाखेल ह्विलचियर स्पोर्टस क्लब, विइन, ह्विलचियर स्पोर्टस एसोसिएसन, इस्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाल, बीआईए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीको टोलीले सहभागिता जनाउने छन् ।
सहभागी आठ क्लबका ६ महिला र आठ पुरूष गरी कुल १३ वटा टोली बनाएको आचर्याले जानकारी दिइन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाई स्कोरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मोस्ट भ्यालुएबल प्लेअरलाई पनि २५ हजार रुपैयाँ दिइने उनले बताइन् । प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई जर्सीको व्यवस्थासहित प्रतिदिन एक हजार रुपैयाँका दरले यातायात खर्च र प्रतियोगिता अवधिभर खानासमेत उपलब्ध गराइएको जानकारी उनले दिइन् ।
प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार पाँच सय रुपैयाँ लाग्ने संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण