रोनाल्डोले रातो कार्ड पाउँदा अल–नासर बाहिरियो
रियाद । कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा अल हिलालसँग पराजित हुँदै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गरेको हो ।
खेलको ६१ औँ मिनेटमा सालेम अल दावसरीले गोल गर्दै अल हिलाललाई अग्रता दिलाएका थिए । ब्राजिलियन फरवार्ड माल्कमले ७२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लिभरपुलका पूर्वफरवार्ड साडियो मानेले गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।
अब अल हिलाले बिहीबार हुने फाइनल खेलमा करिम बेन्जेमाको अल इतिहादको सामना गर्नेछ । टोलीले पहिलो सेमिफाइनल खेलमा अल वेहदालाई २–१ गोलले पराजित गरेको थियो ।
सुपरकपबाट बाहिरिएसँगै रोनाल्डो यो सिजन उपाधि विहीन बन्ने लगभग पक्का भएको छ । उनी सन् २०२३ मा साउदी क्लबसँग आबद्ध भएका थिए । यो सिजन अल नासर घरेलु कपसँगै एसियन च्याम्पिन्यस लिगबाट बाहिरिएको छ भने लिगमा पनि अल हिलालभन्दा १२ अङ्कले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण