रोनाल्डोले रातो कार्ड पाउँदा अल–नासर बाहिरियो

रियाद । कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा अल हिलालसँग पराजित हुँदै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गरेको हो ।
खेलको ६१ औँ मिनेटमा सालेम अल दावसरीले गोल गर्दै अल हिलाललाई अग्रता दिलाएका थिए । ब्राजिलियन फरवार्ड माल्कमले ७२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लिभरपुलका पूर्वफरवार्ड साडियो मानेले गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।
अब अल हिलाले बिहीबार हुने फाइनल खेलमा करिम बेन्जेमाको अल इतिहादको सामना गर्नेछ । टोलीले पहिलो सेमिफाइनल खेलमा अल वेहदालाई २–१ गोलले पराजित गरेको थियो ।
सुपरकपबाट बाहिरिएसँगै रोनाल्डो यो सिजन उपाधि विहीन बन्ने लगभग पक्का भएको छ । उनी सन् २०२३ मा साउदी क्लबसँग आबद्ध भएका थिए । यो सिजन अल नासर घरेलु कपसँगै एसियन च्याम्पिन्यस लिगबाट बाहिरिएको छ भने लिगमा पनि अल हिलालभन्दा १२ अङ्कले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने