सञ्जय दत्तले लोकसभा राजनीतिमा कमब्याक गर्न लागेका हुन् ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता गोविन्दा लोकसभाको निर्वाचनमा उत्रिएका छन् । कंगना पहिलो पटक राजनीतिमा छिरेकी छिन् भने गोबिन्दाको यो दोस्रो इनिङ हो । यसैबिच अभिनेता सञ्जय दत्तले पनि राजनीतिमा पुनरागमन गरेको चर्चा चलिरहेको छ । केही दिनयता समाचार र सामाजिक सञ्जालहरूमा यससम्बन्धी व्यापक चर्चा भइरहेको छ ।
यस अफवाहबारे सञ्जय दत्त स्वयम्ले मुख खोलेका छन् । एक्स एकाउन्टमा पोस्ट गर्दै अभिनेताले आफू राजनीतिमा आउने खबरहरूमा प्रतिक्रिया दिएका छन् । ‘म राजनीतिमा आएको सबै अफवाहमा विराम लगाउन चाहन्छु । मैले कुनै पार्टी ज्वाइन गरिरहेको छैन न त चुनाव लडिरहेको छु,’ पोस्टमा उनले लेखेका छन् । कुनै दिन आफू राजनीतिमा पुनः फर्किने भए भने यसलाई नलुकाउने पनि उनले भनेका छन् ।
‘यदि मैले राजनीतिको मैदानमा उत्रिने फैसला गरे भने सबैभन्दा पहिला स्वयम् यसको घोषणा गर्नेछु । मेरोबारे केही दिनयता जे जस्ता खबर आइरहेका छन्, ती माथि विश्वास नगर्नुहोला ।’ उनले भनेका छन् । राजनीतिमा प्रवेशबारे सञ्जयले मुखै खोल्नु परेको यो पहिलो पटक होइन । सन् २०१९ मा पनि उनले यसैगरी प्रतिक्रिया दिनु परेको थियो ।
सञ्जयले सन् २००९ मा लोकसभाको चुनावमा समाजवादी पार्टीको तर्फबाट उमेदवारको रुपमा चुनाव लड्ने मन बनाएका थिए । तर पछि उनले आफ्नो नाम फिर्ता लिए । त्यसपछि उनी पार्टीको महासचिव पनि भए । तर सन् २०१० मा उनले पद छाडिदिए । सञ्जयका पिता सुनिल दत्त कंग्रेस पार्टीबाट सांसद थिए । उनी लामोसमयसम्म राजनीतिमा थिए ।
सञ्जय यतिबेला साइन्स फिक्शन कमेडी द भिर्जन ट्रीमा देखिदैंछन् । यस फिल्ममा सनी सिंह, मौनी राय र पलक तिवारीलाई पनि देख्न सकिनेछ । यसपछि उनी अक्षय कुमार, सुनीले शेट्टी, परेश रावलको साथा वेलकम टू द जंगलमा देखिनेछन् । यो फिल्म यही वर्षको अन्त्यमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण