बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ मा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । मंगलबार सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलसहित प्रदेश समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले माओवादीका उम्मेदवार जनकराज बुढालाई सहयोग गर्न गठबन्धनका अन्य दललाई आग्रह गरेको हो ।
बुढा संविधानसभा सदस्य र सुदूरपश्चिम प्रदेशका सचिव रहेका व्यक्तिलाई उम्मेदवार बनाएकोले उम्मेदवारी फिर्ता नलिने इन्चार्ज पोखरेलले जानकारी दिए ।
‘हाम्रा उम्मेदवारलाई समर्थन गर्न सत्ता गठबन्धन दलहरूलाई आग्रह गरेका छौँ । उहाँ संविधानसभा सदस्य, पार्टी सचिव र योग्य व्यक्तिलाई उम्मेदवार बनाएकाले उम्मेदवारी फिर्ता हुने छैन । वामपन्थी सहकार्य अन्तर्गत सहयोग गर्ने अपेक्षा लिएका छौँ’, पोखरेलले रातोपाटीलाई बताए ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले शनिबार उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारले उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण