सद्भाव कायम गरेर पर्व मनाउन बाँके प्रशासनको अनुरोध
मङ्गलबार, २७ चैत २०८०, १४ : ४६
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँके र सद्भाव समितिले सद्भाव कायम गरेर पर्व मनाउन आग्रह गरेका छन् । बाँकेको नेपालगन्जमा धार्मिक समुदायको पर्व सुरु भएको छ ।
मुस्लिम समुदायको ईद पर्व नजिकै आउँदै छ । हिन्दुले मनाउने चैते दसैँ, राम नवमी र हनुमान जयन्ती तथा शिख समुदायको वैशाखी पर्व नजिकिएसँगै सद्भाव कायम गरेर पर्व मनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।
प्रशासनको आग्रह अनुसार धार्मिक समुदायहरू र सद्भाव समितिहरू शान्त वातावरणमा सद्भाव कायम गरेर पर्व मनाउन जुटेका छन् । मंगलबार पर्व मनाउँदा सद्भाव कायम गर्नेबारे बाँकेका प्रजिअ पोखरेलको अध्यक्षतामा छलफल भएको छ । छलफलपछि बाँके प्रशासनले सद्भाव कायम गर्न आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण