जंगलमा लागेको आगो वस्तीमा पस्यो, तीन वटा घर जलेर नष्ट
पोखरा । बागलुङको ताराखोलामा जंगलमा लागेको आगो बस्तीमा पसेको छ । ४ दिन अगाडीदेखि वडा नम्बर १ र २ को सीमानामा रहेको जंगलमा लागेको आगो गुराँसे बस्तीमा पसेको हो ।
उक्त आगोले ३ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको स्थानीयले बताएका छन् । वडा नम्बर २ का अध्यक्ष भद्रबहादुर घर्तीका अनुसार बस्तीतिर आउन नदिन प्रयास गरेपनि एकाएक घर र गोठमा सल्किएको हो ।
‘बस्तीमा आउन नदिन स्थानीय खटिएका थियौं । आज खाना खाने समयमा बस्तीतिर छिरेछ,’ उनले भने, ‘नजिकका घरगोठ जलेर नष्ट भयो । मान्छेमा कुनै क्षति छैन ।’
नर बहादुर परियारको खरको घर गोठ, हरिलाल परियारको खरको घर गोठसँगै अमृत परियारको २ वटा गोठ, ईश्वरा परियारको ढुंगाको घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलोबाट जलेको उनको भनाइ छ ।
उनीहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन् । डढेलोले बाख्रा र भैंसी पनि जलेका छन् । डढेलो नियन्त्रणमा नआएका कारण जोखिम कायम रहेको उनले बताए ।
अहिले स्थानीयले अग्नी रेखा बनाएर बस्तीतिर थप आगो आउन नदिनका लागि प्रयास जारी राखेका छन् ।
यस्तै, नजिकै रहेको चिया वगान समेत जोखिममा परेको वडाध्यक्ष घर्तीले जानकारी दिए । यसैबीच गलकोट क्षेत्रका पनि ६ वटा सामुदायिक वनमा अहिले आगलागी भैरहेको र ३० भन्दा बढी बस्ती जोखिममा रहेका नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण