नेतन्याहूले गल्ती गरिरहेका छन् : बाइडेन

वाशिङटन डीसी । इजरायल र गाजाको मामिलामा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गल्ती गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् । एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘मलाई लाग्छ नेतान्याहुले गल्ती गरिरहेका छन्, म उनको मनोवृत्तिसँग सहमत छैन ।’ आगामी ६ देखि ७ हप्ताका लागि गाजामा खाद्यान्न र औषधिको पूर्ण आपूर्ति हुनुपर्ने पनि उनले बताए ।
युद्धमा इजरायललाई अमेरिकाले अहिले दिइरहेको समर्थन उसले गाजामा कति खाद्यान्न र औषधि लैजाने अनुमति दिन्छ भन्नेमा निर्भर गर्ने भनेर गत हप्ता बाइडेनले चेतावनी दिएका थिए । इजरायलले गाजाभित्र सहायता पुग्नबाट रोकेको थियो । गाजामा समस्यामा परेकाहरूसम्म सहयोग पुर्याउन संयुक्त राष्ट्र सङ्घ असफल भएको आरोप पनि उसले लगाएको थियो । केही सातादेखि गाजामा युद्ध विराम गर्नेबारे हुँदै आएको वार्ता असफल भएको थियो । तर अहिले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।
जो बाइडेनको यो अन्तरवार्ता गत हप्ता रेकर्ड गरिएको थियो । यसलाई मंगलबार राती अमेरिकी–स्पेनिश भाषाको युनिभिजन नेटवर्कमा यसलाई प्रसारण गरिएको थियो । हालै मात्र गाजामा खाद्य सामाग्री उपलब्ध गराउने एउटा संस्थाको गाडीमा विस्फोट हुँदा कयौंको ज्यान गएको थियो । सहायता सङ्गठनको गाडीमाथि ड्रोन हमलाको घटना स्तब्ध पार्ने खालको भएको पनि बाइडेनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र र राजतन्त्र : भ्रम र यथार्थ
-
मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
-
गण्डकी सरकारले स्वास्थ्य, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका लागि कति छुट्यायो बजेट ?
-
कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव
-
सालघारीको फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
गण्डकी सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गर्यो २ अर्ब ३९ करोड बजेट