नेतन्याहूले गल्ती गरिरहेका छन् : बाइडेन
वाशिङटन डीसी । इजरायल र गाजाको मामिलामा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गल्ती गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् । एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘मलाई लाग्छ नेतान्याहुले गल्ती गरिरहेका छन्, म उनको मनोवृत्तिसँग सहमत छैन ।’ आगामी ६ देखि ७ हप्ताका लागि गाजामा खाद्यान्न र औषधिको पूर्ण आपूर्ति हुनुपर्ने पनि उनले बताए ।
युद्धमा इजरायललाई अमेरिकाले अहिले दिइरहेको समर्थन उसले गाजामा कति खाद्यान्न र औषधि लैजाने अनुमति दिन्छ भन्नेमा निर्भर गर्ने भनेर गत हप्ता बाइडेनले चेतावनी दिएका थिए । इजरायलले गाजाभित्र सहायता पुग्नबाट रोकेको थियो । गाजामा समस्यामा परेकाहरूसम्म सहयोग पुर्याउन संयुक्त राष्ट्र सङ्घ असफल भएको आरोप पनि उसले लगाएको थियो । केही सातादेखि गाजामा युद्ध विराम गर्नेबारे हुँदै आएको वार्ता असफल भएको थियो । तर अहिले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।
जो बाइडेनको यो अन्तरवार्ता गत हप्ता रेकर्ड गरिएको थियो । यसलाई मंगलबार राती अमेरिकी–स्पेनिश भाषाको युनिभिजन नेटवर्कमा यसलाई प्रसारण गरिएको थियो । हालै मात्र गाजामा खाद्य सामाग्री उपलब्ध गराउने एउटा संस्थाको गाडीमा विस्फोट हुँदा कयौंको ज्यान गएको थियो । सहायता सङ्गठनको गाडीमाथि ड्रोन हमलाको घटना स्तब्ध पार्ने खालको भएको पनि बाइडेनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण