सहकारी ठगी प्रकरणमा कांग्रेसले कसैलाई दोषी करार गरेको छैन: सांसद खतिवडा
बुधबार, २८ चैत २०८०, १३ : ०२
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा आफूहरूले कसैलाई दोषी करार नगरेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरूले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताए । उनले काठमाडौँ, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा.लि.को प्रबन्ध निर्देशक रवि लामिछाने रहेको बताए । उनले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाए पनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताए उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताए ।
उनले नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्न नचाहेका पनि बताए । कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण