आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी ठगी प्रकरणमा कांग्रेसले कसैलाई दोषी करार गरेको छैन: सांसद खतिवडा

बुधबार, २८ चैत २०८०, १३ : ०२
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा आफूहरूले कसैलाई दोषी करार नगरेको बताएका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरूले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताए । उनले काठमाडौँ, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा.लि.को प्रबन्ध निर्देशक रवि लामिछाने रहेको बताए । उनले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाए पनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताए उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताए । 

उनले नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्न नचाहेका पनि बताए । कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप