बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री रविलाई ज्ञानेन्द्र शाहीको चेतावनी (भिडिओसहित)

बुधबार, २८ चैत २०८०, १३ : १८
बुधबार, २८ चैत २०८०

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पार्टीले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमाथि प्रहरी बल प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । शाहीले बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्रीको कदमप्रति कडा आपत्ति जनाएका हुन् । 

‘अमेरिका बसेर आएका गृहमन्त्रीलाई रविलाई ह्वाइट हाउस अगाडि प्रदर्शन गर्न पाइन्छ कि पाइँदैन ?  निषेधाज्ञा कहाँ गर्ने भनेर थाह छ कि छैन ?’, सदनमा आक्रोशित हुँदै उनले भने, ‘जब मान्छे सकिने बेला आफ्नो घरमा आगो लगाउँछ । हिजो काँध थाप्नेलाई तपाईँले आज पिट्नुभएको छ । गृहमन्त्रीको कदमको घोर भर्त्सना गर्छु ।’ 

गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए ।  ‘उहाँहरूले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरूले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन । पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृह मन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ,’ उनले भने । 

२०४७ सालदेखिको फाइल खोल्छौँ भनेकोप्रति असहमति जनाउँदै उनले चाबी आफ्नै हातमा भएकाले अहिले नै फाइल खोल्न चुनौती दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप