बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई २४ घण्टाभित्रै तेस्रो झट्का, रिहा हुने आशा धमिलियो

बुधबार, २८ चैत २०८०, १६ : १२
बुधबार, २८ चैत २०८०

काठमाडौँ । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई विगत २४ घण्टाभित्र एकपछि अर्को धक्का लागेको छ ।

मदिरा घोटाला प्रकरणमा जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा फसेका केजरीवालले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको पुनरावेदन खारेज गरिदिएको थियो । त्यसपछि वकिलहरूसँग सम्बन्धित रिटमाथि अर्को अदालतले पनि उनलाई राहत दिएन ।

त्यसपछि केजरीवालका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएको निवेदन पनि तत्काल सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतले केजरीवाललाई सुनुवाइका लागि अर्को सातासम्म पर्खन भनेको छ ।

दिल्ली उच्च अदालतले मंगलबार मदिरा घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा केजरीवालको गिरफ्तारी र उनलाई न्यायिक हिरासतमा पठाइनु जायज रहेको ठहर गरेको थियो । अदालतले जाँच एजेन्सी ‘प्रवर्तन निर्देशनालय’ ले दिएको प्रमाण ठोस रहेको भन्दै यसबारे कुनै राहत दिन नसकिने प्रस्ट पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप