दिल्लीका मुख्यमन्त्री केजरीवाललाई २४ घण्टाभित्रै तेस्रो झट्का, रिहा हुने आशा धमिलियो
काठमाडौँ । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई विगत २४ घण्टाभित्र एकपछि अर्को धक्का लागेको छ ।
मदिरा घोटाला प्रकरणमा जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा फसेका केजरीवालले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको पुनरावेदन खारेज गरिदिएको थियो । त्यसपछि वकिलहरूसँग सम्बन्धित रिटमाथि अर्को अदालतले पनि उनलाई राहत दिएन ।
त्यसपछि केजरीवालका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएको निवेदन पनि तत्काल सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतले केजरीवाललाई सुनुवाइका लागि अर्को सातासम्म पर्खन भनेको छ ।
दिल्ली उच्च अदालतले मंगलबार मदिरा घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा केजरीवालको गिरफ्तारी र उनलाई न्यायिक हिरासतमा पठाइनु जायज रहेको ठहर गरेको थियो । अदालतले जाँच एजेन्सी ‘प्रवर्तन निर्देशनालय’ ले दिएको प्रमाण ठोस रहेको भन्दै यसबारे कुनै राहत दिन नसकिने प्रस्ट पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण