आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रोजिना र प्रशान्तको ‘मुटु भित्रै’ सार्वजनिक

शुक्रबार, ३० चैत २०८०, ०८ : २९
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । रियालटी शो ‘भ्वाइस अफ नेपाल सिजन ५’ को चर्चित जोडी रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको गीत ‘मुटु भित्रै’ सार्वजनिक भएको छ ।  बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सङ्गीत उत्पादक सङ्घ नेपालका अध्यक्ष सूर्य एक्चै मगर, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, वरिष्ठ गायक जगदीश समाल, गीतकार बिनु बाबा अर्याल र सङ्गीतकार योगेन्द्र उपाध्यायले संयुक्त रूपमा सार्वजनिक गरे । 

सार्वजनिक गीतमा योगेन्द्र उपाध्यायको सङ्गीत र डा. बिनु बाबा अर्यालको शब्द छ । गीतको भिडियो पनि सङ्गीतकार उपाध्यायले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक गायिका नै फिचर्ड छन् । नीरज भुसालको छायाङ्कन र पुरुषोत्तम कँडेलको सम्पादन भिडियोमा छ ।

कार्यक्रममा बोल्दै गायक समालले सङ्गीतकार उपाध्यायको सृजनाको प्रशंसा गरे । उपाध्यायले स्तरीय सङ्गीत सृजना गर्दै आएको भन्दै उनले कतिपय गीतहरु आफूलाई समेत लोभ लाग्दा रहेको बताए ।

यस्तै सङ्गीत उत्पादक सङ्घ नेपालका अध्यक्ष मगरले योगेन्द्र जस्तै सक्रिय संगीतकारका कारण नेपाली सङ्गीत क्षेत्र चलायमान रहेको बताए । उनले सङ्गीतमा माष्टर गरेका योगेन्द्रको श्रृजनाले नेपाली संगीतको श्रीबृद्धिमा समेत भूमिका खेल्ने विश्वास लिए । 

चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष गिरीले उपाध्यायका अन्य सृजना जस्तै यो गीत पनि उत्कृष्ट रहेको बताए । उनले गीत समिक्षात्कम रूपमा राम्रो रहेको भन्दै व्यावसायिक रूपमा पनि सफल हुने विश्वास लिए । 

कार्यक्रममा सङ्गीतकार उपाध्यायले गीतको बारेमा प्रकाश पारेका थिए । गायिका बस्नेतले आफूले राम्रो सङ्गीतमा स्वर दिन पाएको भन्दै दर्शकको माया पनि पाउने अपेक्षा गर्दा गीतकार अर्यालले योगेन्द्रको सङ्गीतमा नेपालीपनको आभास रहने भएकोले पनि आफ्नो पहिलो रोजाई उनै हुने गरेको बताइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप